सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्ण पाठ) – Nepal Press

सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्ण पाठ)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेशसभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको मन्त्री पालले बताए ।

प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड रहेको छ ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब १५ करोड ८३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री पालले बताए ।


प्रतिक्रिया

3 thoughts on “सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्ण पाठ)

  1. अछाम जिल्ला ढकारी गाउपालीका
    वडा नम्बर ७ मा दलीत टोल्को लागी खाने पानीको समस्य भयको ले करिब ४० घर
    धुरीका लागी बजेट छुट्टाउनु हुन
    अनुरोद गरीन्छ
    सिनेडी खोला मुल देखी करीब ५ किलोमिटर
    नवागाउ टीमु टोल सम्म

  2. दलीत टोल खने पनि ढकारी गाउपालीका वाडा
    न: ७ नवागाउ अछाम
    #सिनेडी खोला मुल नवागाउ खनेपनी#

  3. सुदुर पञ्चिम काे हिमालि जिल्ला बझाङ भनियकाे ठाउँ लाई गर्न खाेजेकाे के त नि बझाङ जिल्ला थलारा गा पा 2 दंगाजि बझाङ एक्छाले सिचाइ पाेखरि भनेकाे र त्याहा काे जमिन भाेग गर्दै आउनाे भयका स्थानिय बासिले भाडाे मा पनि बाेकेर सिचाइ गर्नाे पर्ने अवस्था सृजना भएको छ याे बारे सरकारले बुझ्नु पर्दैन प्रदेश सम्म पुग्ने र पावर पाेज भयकाे व्याक्ति ले मात्रै वजेट पाउने हाे के सर्व साधारण ले पाउदैन कित तपाईं हरुलाई गरिवले मतदान गरेकाे हाेईन
    यदि कलि कति नि याे सरकारले गरिव दिन दुखि काे भावना वुझ्छ भने गर्नाे पर्दैन याे कुरा प्रदेश सदन सम्म पुगाेस पत्रकार सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *