आजपा निकट आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेर्ने
काठमाडौं । आम जनता पार्टी (आजपा)ले असार २ गतदेखि काठमाडौंमा छुट्टाछुट्टै मागसहित दुइटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्ने भएको ।
आजपा निकट आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आइतबारदेखि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गर्नेछ । त्यस्तै आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि आइतबादेखि नै काठमाडौंको माइतीघर मण्डलामा धर्ना एवं प्रदर्शन गर्दैछ ।
आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटी बैठकले दुवै आन्दोलनलाई सफल बनाउने निर्णय गरेको आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।
उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष प्रभु साह सहभागी भएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्या समाधान गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्नेलगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन्द्रशाहले कानून तथा अदालतको अन्तरिम आदेशविपरीत दुःख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको कबाड व्यवसायीहरुले जनाएका छन् । माइतीघरमा धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम बनाइएको कबाड व्यवसायीहरुले असार ४ मा काठमाडौं महानगरपालिकासमेत घेराउ गर्ने जनाएका छन् ।
शरदसिंह भण्डारीले श्रममा उपद्रो मच्चाउँदा चुप बस्ने आजपा अहिले राम्रो काम भैरहेको विभाग घेर्न जाने रेे । काठमाडौंलाई सुन्दर बनाउन हिडेको बालेनले गरेको काममा भाँजो हाल्न जाने । यो आजपा भन्ने पार्टी दिल्लीको एजेण्ट हो । यसलाई नेपालमा काम गर्ने भारतीय जनताको हित हेर्न र एमालेको विरोध गर्न अनि अहिलेको गठबन्धनको विरोध गर्न दिल्लीले कार्यादेश दिएको छ । छानबिन गरि यसका नेतामाथि देशद्रोहको मुद्दा चलाउ ।
आजसम्म को आन्दोलन मध्ये स्वागत योग्य यो आन्दोलनमा सम्पुर्ण जनताले साथसहयोग गरौ मेनपावर हरुको मनपरि तन्त्र को बिरुद्ध आवाज उठाउ