बागमती प्रदेश बजेट: स्थानीय तहलाई ८ अर्ब ३७ करोड – Nepal Press

बागमती प्रदेश बजेट: स्थानीय तहलाई ८ अर्ब ३७ करोड

हेटौंडा । प्रदेशका ११९ स्थानीय तहको लागि बागमती सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै स्थानीय तहहरुलाई ८ अर्ब ३७ करोड वित्तीय हस्तान्तरणको प्रस्ताव पेश गरेका हुन् ।

उनले राष्ट्रिय वित्त आयोगको सिफारिस तथा विभिन्न अनुदानअन्तर्गत सो रकम विनियोजन गरिएको बताए ।

सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड र विशेष अनुदानतर्फ ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर