बागमतीलाई प्लास्टिकमुक्त प्रदेश बनाउने घोषणा – Nepal Press

बागमतीलाई प्लास्टिकमुक्त प्रदेश बनाउने घोषणा

हेटौंडा । बागमती सरकारले प्रदेशलाई प्लास्टिकमुक्त बनाउने घोषणा गरेको छ । प्लास्टिकको कारण वातावरणीय समस्या आएको भन्दै प्रदेशले आगामी आर्थिक वर्षको लागि प्लास्टिकरहित प्रदेश निर्माणको लागि १ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वन तथा वातावरण मन्त्रालयको लागि ३ अर्ब २१ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।

सरकारले बागमतीलाई वातावरणमैत्री बनाउने योजनाअनुसार प्लास्टिकमुक्त प्रदेशको अवधारणा अघि सारेको छ । सरकारले उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *