मधेश सरकारको बजेट ढिलो गरी स्वीकृत, प्रदेशसभामा प्रस्तुत गरिँदै – Nepal Press

मधेश सरकारको बजेट ढिलो गरी स्वीकृत, प्रदेशसभामा प्रस्तुत गरिँदै

जनकपुरधाम । मधेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ‌।

बजेट प्रस्तुत गर्न आज दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो, तर ढिलो गरी तयार भएको बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ‌।

सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै साँझ प्रदेशसभा बैठक सारेको थियो । बजेट बल्ल स्वीकृत भएकाले अब प्रदेशसभामा प्रस्तुत गरिने पर्यटनमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

बजेट बोकेर अर्थमन्त्री भरतप्रसाद साह प्रदेशसभा पुगेका छन् । प्रदेशसभा सदस्यहरु दिउँसोदेखि नै प्रदेशसभामा प्रतीक्षारत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर