पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल प्रेस
२०८१ असार १ गते २०:०८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको आयल निगमले जनाएको छ ।
प्रतिक्रिया