बाँकेमा गर्मीले सडकमा ढलेका सुन व्यवसायीको मृत्यु – Nepal Press

बाँकेमा गर्मीले सडकमा ढलेका सुन व्यवसायीको मृत्यु

रूपन्देही । बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु भएको छ ।

केही दिनयता अध्यधिक गर्मी बढेको बाँकेको खजुृरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो ।

मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा घुमाएपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्याधिक गर्मी बढेको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसअघि देखि नै मृतक सुनार मृगी रोगको बिरामी रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर