कार्यपालिका सदस्यहरु उठेर हिँडेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिको १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।
मेयर बालेन साहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएकाे जानकारी दिएका छन् ।
मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।
लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।
नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।
एमाले काङ्ग्रेसको कामै छैन यो देशमा बिरोध धर्णाा बहिस्कार को राजनिति सस्कार बाहेक ।
काङ्ग्रेस र एमाले का जनप्रतिनिधि लाई तुरुन्त राजीनामा दिन लगाइ नयाँ स्वतन्त्र ब्याक्ती ल्याउन सके बिरोध,धर्ना बहिष्कार जस्ता अराजकता सृजना हुने थिएन कि