नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश- कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू – Nepal Press

नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश- कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।

मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।  तर एमाले र कांग्रेसका वडाध्यक्षहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्टुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।

मेयर साहले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताए ।

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए ।

‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’

काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरे ।

 


प्रतिक्रिया

3 thoughts on “नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश- कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

  1. किन, अब निर्दलीय व्यवस्था आउन लागेको हो ?

  2. दलीय व्यवस्थाअनुसार चुनाव लडेका बालेनलाई निर्दलीयताकाे अभ्यास गराउन छुट छैन । दलीय घाेषणापत्रअनुसार चुनावमा प्रतिस्पर्धा गरेकाले आ-आफ्नाे कार्यक्रम त राख्न खाेजिहाल्छन् नि ! छलफल गराए भैगाे ।

  3. नगरको जिम्मेवारी लिएपछी सबैलाई समन्वय गरेर अगाडि बडनुपर्ने हो… तर I AM THE STATE भन्ने सैलिमा हिडेपछी व्यवधान आउनु नौलो कुरा नै रहेन….. पार्टिहरुला गाली गरेर महान भैइन्न…. समन्वय गरेर बडे सबैको साथ र सहयोग अवश्य मिल्छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर