कालीकोटमा प्रभु बैंकको नयाँ शाखा विस्तार
कालीकोट । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कालीकोटमा विस्तार गरेको छ । कालीकोटमा नयाँ शाखासँगै बैंकको शाखा ३०५ वटा पुगेको हो ।
प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
बैंकको कालीकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित भएको छ । योसँगै प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर भएको छ ।