हिमालयन बैंकका २ शाखा स्थानान्तरण – Nepal Press

हिमालयन बैंकका २ शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *