कवाडी व्यवसायीको आन्दोलन- बानेश्वरमा सडकभरि गरिएको फोहोर कसले उठाउने ? (भिडिओ) – Nepal Press

कवाडी व्यवसायीको आन्दोलन- बानेश्वरमा सडकभरि गरिएको फोहोर कसले उठाउने ? (भिडिओ)

काठमाडौं । काठमाडौंका माइतीघर मण्डलादेखि नयाँ बानेश्वर यस्तो स्थान हो जहाँ हरेकले आफ्नो आवाज बुलंद बनाउन स्थलका रुपमा लिन्छन् । सरकारको ध्यान खिच्न र आफ्ना मागहरु पूरा गराउन दबाब दिने र प्रदर्शन गर्ने स्थलका रुपमा रहेको यो प्राइम क्षेत्र सँधैजसो विभिन्न आवाजहरु गुञ्जिन्छन् ।

कहिले राजनीतिक अधिकारका लागि त कहिले न्यायिक निरुपणका लागि विभिन्न राजनीतिक दल, संघ संगठन तथा नागरिक समाजले यहाँको सडक तताउने गर्छन् ।

यसै क्रममा आइतबार कवाड व्यवसायीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न नारासहितका प्लेकार्ड लिएर गरेको प्रदर्शनमा उनीहरुले आफ्ना व्यवसायहरु महानगरबाट नहटाउन आग्रह गरेका थिए ।

तर उनीहरुले प्रदर्शनका क्रममा पानीका बोतल, विभिन्न सुख्खा खानेकुराका प्याकेट तथा भोला, गुट्खाका प्याकेटहरु सडकमा छरपस्ट देखिएका छन् । जसका कारण सडक क्षेत्र फोहोर हुनुका साथै कुरुप देखिएको छ । त्यसलाई सफा गर्न भने कसैले पनि चासो व्यक्त गरेका छैनन् ।

आफ्नो अधिकार माग्न पाउने संविधानत हक रहेपनि अरुको अधिकार तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्ने स्थानीयले बताए । यसरी फोहोर गर्न नहुने स्थानीयको भनाइ छ ।

त्यसो त काठमाडौं महानगरले प्रदर्शनका क्रममा फोहोर गर्ने पार्टी तथा प्रदर्शनकर्ताले सफा नगरे जरिवाना गराउने गरेको छ । केही समयअघि राप्रपालगायत पार्टीलाई महानगरले जरिवाना गराएको थियो ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *