व्यवसायीहरू भन्छन्- रिकन्डिसन गाडीहरूमा बैंकले विश्वास नै गर्दैन – Nepal Press

व्यवसायीहरू भन्छन्- रिकन्डिसन गाडीहरूमा बैंकले विश्वास नै गर्दैन

काठमाडौं । रिकन्डिसन गाडीहरूमा कुनै पनि बैंकले विश्वास नगरेको व्यवसायीहरूले बताएका छन् । नेपालमा कुनै पनि क, ख र ग वर्गका बैङ्कहरूले रिकन्डिसनका गाडीहरूमा विश्वास नगर्न नेपाल कन्डिसन अटो व्यवसायी सङ्घका प्रतिनिधिहरूले बताएका हुन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटघाट कार्यक्रममा रिकन्डिसन अटो व्यवसायीहरूले कुनै पनि वाणिज्य तथा विकास बैङ्कहरूले रिकन्डिसनका गाडीहरूमा लोनका लागि विश्वास नगर्नै बताएका छन् ।

बैङ्कहरूले रिकन्डिन गाडीहरूमा लोन नदिने भएकोले फाइनान्स कम्पनीहरूमा जानुपर्ने बाध्यता रहेको रिकन्डिसन अटो व्यवसायी सङ्घका अध्यक्ष रमेश प्रसाद कोइरालाले बताए । उनका अनुसार फाइनान्स कम्पनीहरूले पनि आफू अनुकूल मात्रै लोनहरू दिने गरिरहेका छन् ।

रिकन्डिसन अटो व्यवसायी सङ्घका अध्यक्ष रमेश प्रसाद कोइरालाले भने, ‘कन्डिसन गाडीहरू भन्ने बित्तिकै पुरानो र ध्वस्त भएको गाडीहरू हुन्छन् भनने एक खालको दृष्टिकोण रहेको छ । भने, उचित र सुलभ बजेटमा पाइने गाडीहरू भनेर हेर्नै अर्को दृष्टिकोण रहेको छ । रिकन्डिसन गाडीहरू वर्षौँ पुराना मात्रै छैनन् । हामीसँग एक महिना मात्रै चलाए गाडीहरू पनि छन् । दुई चार महिनामै रिकन्डिसनमा गाडीहरू आउने गर्दछन् ।’

नेपालमा सबैभन्दा बढी कारोबार हुने रिकन्डिसन गाडीहरूका लागि कुनै पनि गाइडलाइनस् तथा नीति नरहेको वरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा बताउँछन् ।

उनका अनुसार नयाँ र ठुला गाडीहरूमा वाणिज्य बैङ्कहरूले सजिलै लोन प्रदान गर्ने गरेको छ भने, रिकन्डिसनका गाडीहरूमा कसैले विश्वास नै गर्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर