मस्तिष्क चिप्सले मोबाइल फोन विस्थापन गर्नेछ: एलन मस्क – Nepal Press

मस्तिष्क चिप्सले मोबाइल फोन विस्थापन गर्नेछ: एलन मस्क

काठमाडौं । भविष्यमा मस्तिष्क चिप्सले मोबाइल फोन विस्थापन गर्ने खर्बपति एलन मस्कले बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी खर्बपति मस्कको स्वामित्व भएको न्युरोलिंक कम्पनीले गत जनवरी महिनामा तीस वर्षका युवकको मस्तिष्कमा पहिलो चिप्स प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण भएको पाँच महिनापछि मस्कको यस्तो भनाइ सार्वजनिक भएको हो ।

उनले भनेका छन्, ‘भविष्यमा मोबाइल फोनहरु हुँदैनन् । न्युरोलिंकमात्रै हुनेछन् ।’

न्युरोलिंकले कम्प्युटरको कर्सर चलाउन सोचेमात्रै पुग्ने प्रविधि आउने बताएको छ । निकट भविष्यमा यस्तो हुने उसको भनाइ छ । यसको विकासले भविष्यमा डिप्रेसन, सिजोफ्रेनिया, पक्षघात, मोटोपना, अटिजम आदि समस्यासँग जुध्न क्रान्तिकारी परिवर्तन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर