बेलायतमा नेपाली फिल्म फेस्टिबल हुँदै, को को जाँदैछन् नेपालबाट ? – Nepal Press

बेलायतमा नेपाली फिल्म फेस्टिबल हुँदै, को को जाँदैछन् नेपालबाट ?

काठमाडौं । बेलायतको लन्डनमा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । एक साता चल्ने फेस्टिभलमा ५ नेपाली र १५ अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन हुनेछन् ।

बेलायतका विभिन्न स्थानमा यी फिल्म प्रदर्शन गरिनेछ । फेस्टिभलको उद्घाटन जुलाई ७ मा ट्राम्सेडमा हुनेछ । पहिलो दिन दुई फिल्म प्रदर्शन गरिनेछ भने जुलाई १४ मा यही थप दुई फिल्म देखाइनेछन् । छनोटमा परेका नेपाली फिल्ममा ‘प्रसाद २’, ‘टुल्की’, ‘हल्कारा’लगायत छन् ।

महोत्सवको समापन जुलाई २० का दिन रुइसिल्पको ग्रिनफोर्ड हलमा गर्ने कार्यक्रम छ । चलचित्रको प्रदर्शनसँगै नेपाल र बेलायतमा रहेका कलाकारहरु तथा मनोनयनमा परेका फिल्मका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

आयोजकका अनुसार महोत्सवमा भाग लिन विश्वभरिबाट ८३० आवेदन परेका थिए । तीमध्ये नेपालका २० वटा छन् । नेपालबाट १६ जना कलाकार महोत्सवमा भाग लिन युके जाने तय भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवमा भाग लिनेछन् ।

यसैगरी शम्भुजित बास्कोटा, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, अनिता चलाउने, कविता नेपालीलगायतका कलाकार जाने भएका हुन् ।

सांस्कृतिक आदानप्रदानका साथै ब्रिटिस नेपाली समुदायलाई अवसरहरुको सिर्जना गर्ने उद्देश्यका साथ नेपाली फिल्म फेस्टिभल हुन लागेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर