धूमपान र सूर्तीजन्य रोगले नेपालमा बर्सेनि २७ हजार बढीको मृत्यु – Nepal Press

धूमपान र सूर्तीजन्य रोगले नेपालमा बर्सेनि २७ हजार बढीको मृत्यु

सुर्खेत । नेपालमा धूमपान र सूर्तीजन्य रोगले बर्सेनि २७ हजार बढीको मृत्यु हुने गरेको छ । त्यसैले धूमपान र सूर्तीजन्य पदार्थको नियन्त्रण नियमन गर्न बहुक्षेत्रीय सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आउटरिच मिडियाले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको धूमपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमनसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रियाका सहभागीहरुले धूमपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा आउटरीच मिडियाकी संस्थापक कल्पना आचार्यले नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाको मृत्यु धूमपान तथा सूर्तीजन्य पदार्थका कारणले हुने गरेको जानकारी दिइन् ।

नेपालमा २८ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको उनको भनाइ छ । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् ।

उनले सूर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ९० प्रतिशत विकासोन्मुख मुलुकका नागरिक रहेको जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सूर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सके केही हदसम्म नियन्त्रण गर्न सकिने बताए ।

स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जनचेतनामूलक कार्यक्रमका लागि बजेट कम हुने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर