समाजवाद नै किन ?
समाजवादको प्रमुख उद्देश्य भनेको आर्थिक समानता प्राप्त गर्नु र समाजका सबै सदस्यका लागि आधारभूत आवश्यकता र सेवाहरूमा पहुँच सुनिश्चित गर्नु हो । तसर्थ सामाजिक सुरक्षा र आर्थिक समानता समाजवादीहरूले उठाउने मुख्य मुद्दाका रुपमा रहँदै आएको छ । आयमा असमानता घटाउनु र सम्पत्ति तथा अवसरको अधिक समानुपातिक वितरण प्रदान गर्नु समाजवादको केन्द्रीय लक्ष्य हो । समाजवादले सामान्यतया प्रगतिशील करमार्फत सबै नागरिकहरूलाई स्वास्थ्य, शिक्षा र आवास जस्ता सामाजिक सेवाहरूको प्रावधानलाई जोड दिन्छ । ओईसीडी देश र युरोपेली देशहरूमा लागू भएका सामाजिक सुरक्षा प्रणालीलाई विश्लेषण गर्ने हो भने तिनलाई मूलतः तीन भागमा वर्गीकरण गर्न सकिन्छ । पहिलो, नर्डिक वा सामाजिक लोकतान्त्रिक मोडेल, जर्मनीको कन्जर्भेटिभ वा कर्पोर्याटिस्ट मोडेल र बेलायत तथा अमेरिकाले अपनाएको उदार मोडेल ।
नर्डिक वा सामाजिक लोकतान्त्रिक मोडेललाई हेर्ने हो भने त्यसमा गरिबी र असमानता न्यून हुँदै गएको पाइन्छ भने उदार मोडेलमा ज्यादा गरिबी र ठूलो असमानता रहेको छ । (विष्णु रिमाल, रमेश बडाल र उमेश उपाध्यायः २०६८) ड्यानिश समाजशास्त्री गोस्टा एस्पिङ एन्डर्सनले जर्मन मोडेललाई निजी योगदानमा भरपर्ने र काममुखी भनेका छन्, नर्डिक मोडेललाई सबैलाई समेट्ने अर्थात् युनिभर्सलिस्ट र उदार मोडेललाई भने बचेखुचेकोमात्र बाँड्ने प्रवृत्ति भनेका छन् ।
समाजवाद र समाजवादी नीतिहरूले विशेषगरी आर्थिक असमानता, सामाजिक न्याय र कल्याणकारी राज्यको अवधारणालाई सम्बोधन गर्छ । आर्थिक असमानतालाई कमी गरी समाजको कल्याणलाई प्राथमिकतामा राख्ने भएकाले आजको राजनीतिमा समाजवादले विशेष स्थान ओगटेको छ । कल्याणकारी राज्य, कल्याणकारी लोकतन्त्र, सामाजिक लोकतन्त्र जुनसुकै नाम दिए पनि यी समाजवादकै जगमा अडेका विभिन्न प्रकारका घरमात्र हुन् । समाजवादी नीतिले आर्थिक असमानतामा कमी ल्याउने निष्कर्ष थोमस पिकेटी, नीतिन भारती, लुकास चान्सेल जस्ता विद्वानहरुले भारतको सन्दर्भमा गरेको एक अध्ययनले प्रस्ट पारेको छ ।
भारतमा आर्थिक असमानता स्वतन्त्रतापछि सन् १९८० को सुरुवातसम्म घट्यो, त्यसपछि यो बढ्न थाल्यो र सन् २००० को प्रारम्भदेखि आकाशिँदै गएको छ । सन् २०२२–२३ सम्म, शीर्ष १ प्रतिशतको आय र सम्पत्ति हिस्सेदारी क्रमशः २२.६ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । यो भारतको इतिहासकै उच्चतम विन्दु हो र भारतको शीर्ष १ प्रतिशतको आय हिस्सेदारी विश्वमै सबैभन्दा उच्च हो ।
यस अध्ययनले के देखाएको छ भने भारतमा आर्थिक असमानता स्वतन्त्रतापछि सन् १९८० को सुरुवातसम्म घट्यो, त्यसपछि यो बढ्न थाल्यो र सन् २००० को प्रारम्भदेखि आकाशिँदै गएको छ । सन् २०२२-२३ सम्म, शीर्ष १ प्रतिशतको आय र सम्पत्ति हिस्सेदारी क्रमशः २२.६ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । यो भारतको इतिहासकै उच्चतम विन्दु हो र भारतको शीर्ष १ प्रतिशतको आय हिस्सेदारी विश्वमै सबैभन्दा उच्च हो । शीर्ष १० प्रतिशतमा जाने राष्ट्रिय आयको अंश सन् १९५१ को ३७ प्रतिशतबाट १९८२ सम्म ३० प्रतिशतमा झरेको थियो । त्यसपछि यो निरन्तर बढ्न थाल्यो । १९९० को दशकको शुरुदेखि शीर्ष १० प्रतिशतको हिस्सा अर्को तीन दशकमा उल्लेखनीय रूपमा बढ्यो, पछिल्ला वर्षहरूमा यसको अंश लगभग ६० प्रतिशत पुगेको छ ।
सन् १९२२ मा १३ प्रतिशतबाट शीर्ष १ प्रतिशतको आयको हिस्सा अन्तरयुद्ध अवधिमा २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । त्यसपछि उनीहरूले चालीसको दशकमा नाटकीय गिरावटको अनुभव गरे र भारतको स्वतन्त्रताको समयमा १३ प्रतिशतमा फर्के । सन् १९५० को दशकमा संक्षिप्त रूपमा बढेपछि शीर्ष १ प्रतिशतको हिस्सा अर्को दुई दशकमा निरन्तर घटेर सन् १९८२ सम्ममा ६.१ प्रतिशत पुग्यो । यो खासमा सन् १९८० को दशकसम्म भारतीय सरकारले पछ्याएको व्यापक समाजवादी नीतिहरूको परिणाम हो । यस अवधिमा विभिन्न महत्वपूर्ण क्षेत्रहरूको राष्ट्रियकरण (रेल, हवाई, बैंकिङ, तेल), बजारहरूको कडा नियमन र उच्च प्रगतिशील करको व्यवस्था समावेश थियो ।
सन् १९८० को दशकको सुरुदेखि जब भारतीय सरकारले सन् १९९१ को उदारीकरणसम्मको आर्थिक सुधारहरूको विस्तृत श्रृंखला सुरु ग¥यो, शीर्ष १ प्रतिशतको हिस्सामा आइरहेको गिरावट एकाएक रोकिन पुग्यो । सन् १९९० को दशकको सुरुदेखि शीर्ष १ प्रतिशतको आयको हिस्सा अर्को ३० वर्षमा निरन्तर रूपमा बढेर सन् २०२२ मा २२.६ प्रतिशतको सबैभन्दा उच्चस्तरमा पुग्यो । अझ शीर्षस्तरमा विश्लेषण गर्ने हो भने शीर्ष ०.१, ०.०१ र ०.००१ प्रतिशतमा पनि समान ढाँचाको तथ्यांक देख्न पाइन्छ ।
सम्पत्ति सञ्चय प्रक्रियालाई हेर्ने हो भने पनि भारतमा यसको एक प्रमुख विशेषता सम्पत्ति सञ्चय अत्यधिक माथिल्लो स्तरमा केन्द्रित हुनु हो । सन् १९६१ देखि २०२३ सम्म शीर्ष १ प्रतिशतको सम्पत्तिको हिस्सा तीन गुणा वृद्धि भई १३ बाट ३९ प्रतिशत भएको पाइन्छ । यीमध्ये अधिकांश वृद्धि सन् १९९१ पछि आएको पाइन्छ, जसपछि शीर्ष १ प्रतिशतको हिस्साले सन् २०२२-२३ सम्म तीव्र उछाल प्राप्त गरेको छ । सन् १९६१ मा शीर्ष १० प्रतिशतको सम्पत्तिको हिस्सा ४५ प्रतिशत थियो । यो सन् १९६१ देखि १९७१ सम्म १ प्रतिशत अंकले घट्यो, जुन एकमात्र दशक हो, जसमा गिरावट देखिएको छ ।
सम्पत्ति सञ्चय प्रक्रियालाई हेर्ने हो भने पनि भारतमा यसको एक प्रमुख विशेषता सम्पत्ति सञ्चय अत्यधिक माथिल्लो स्तरमा केन्द्रित हुनु हो । सन् १९६१ देखि २०२३ सम्म शीर्ष १ प्रतिशतको सम्पत्तिको हिस्सा तीन गुणा वृद्धि भई १३ बाट ३९ प्रतिशत भएको पाइन्छ ।
सन् १९६१ र १९८१ बीचमा शीर्ष १० प्रतिशतको सम्पत्तिको हिस्सामा धेरै परिवर्तन भएन । शीर्ष १ र ०.१ प्रतिशत हिस्सामा पनि यही लागू हुन्छ । यो सायद धेरै अचम्मको कुरा पनि होइन । किनकि यो भारतमा समाजवादी नीतिहरू चरम विन्दूमा पुगेको युग थियो र हामीले के अनुभव गर्यौं भने यस अवधिमा सम्पत्ति केन्द्रीकरण प्रक्रिया लगभग रोकिएको थियो । सन् १९८१ पछि समाजवादी नीतिहरूबाट बजार आधारित सुधारतर्फको परिवर्तनसँगै शीर्ष १० प्रतिशतको सम्पत्तिको हिस्सामा निरन्तर वृद्धि देखिन्छ ।
अब हामी तल्लो ५० प्रतिशतको सम्पत्तिको हिस्सातर्फ विश्लेषण गरौं । सन् १९९१ पछिको शीर्ष १० प्रतिशतको हिस्सामा भएको तीव्र वृद्धिले तल्लो ५० प्रतिशत र बीचको ४० प्रतिशत दुवैको हिस्सामा हानि गरेको देखिन्छ । सन् १९६१ देखि १९८१ सम्म ११ प्रतिशतमा स्थिर रहेको तल्लो ५० प्रतिशतको हिस्सा १९९१ मा ८.८ प्रतिशतमा घट्यो र २००२ सम्म ६.९ प्रतिशतमा झ¥यो । त्यसपछि तिनीहरू अर्को दुई दशकसम्म ६-७ प्रतिशतको बीचमा स्थिर रहिरहे, तर कुनै सुधारको संकेत देखिएन । सन् १९६१ मा तल्लो ५० प्रतिशत र शीर्ष १ प्रतिशतको हिस्सा समान थियो, तर सन् २०२२-२३ मा पुग्दा शीर्ष १ प्रतिशतको हिस्सा ५ गुणाभन्दा बढी हुन पुग्यो ।
भारत आफैंमा विश्वकै ठूलो जनसंख्या भएको देशमात्र होइन, यसले दुई फरक सन्दर्भमा दुई फरक नीति पनि अपनाएको छ । यसका अलावा लोकतान्त्रिक मुलुक पनि भएकोले भारतमाथि गरिएको अध्ययनले दक्षिण एसियाको मात्र नभई विश्वकै स्वरुपको प्रतिविम्ब गर्छ भन्ने विश्वास लिन सकिन्छ । किन समाजवाद भन्ने प्रश्नको उत्तर भारतमाथि गरिएको यस अध्ययनले प्रस्ट पार्छ । पूँजीवादको बाटोले आय र सम्पत्तिमा उच्च वर्ग र अरुबीच असमानता सृजना गर्ने प्रस्ट गरेको छ । समाजवादी नीति अवलम्बन गर्दा आर्थिक असमानतामा भने कमी आउँछ । नेपालको संविधानले समाजवादउन्मुख राष्ट्र भन्नेबित्तिकै हाम्रा नीतिहरू पनि समाजवादको आधार निर्माण गर्नेतर्फ केन्द्रित रहन जरुरी छ । राज्य केन्द्रित समाजवादमा पनि हामी जान सक्ने अवस्था नभएकाले नेपालका लागि राज्य, निजी र समुदायको संयोजनमा मिश्रित लोकतान्त्रिक समाजवादी बाटो नै उचित हुन्छ ।
समाजबादको अतिरन्जीत प्रचार आवश्यक छैन। २०४६ साल पछी समाजबाद बोक्ने दलहरूले मात्रै हालीमुहाली गरेको हुन्, तर नतिजा चाही युवाहरू पूजिवादी देशहरू मा पलायन भएका छन्। यो नै समाजबाद को सान्दरभिकता कम भएको अवस्था हो। समाजबाद को समर्थन गर्ने लेखकहरूले अर्थत्नत्र कसरी चल्छ भन्ने राम्ररी नबुझी लेख्छन । नोर्डिक समाजबाद संचालन गर्न आर्थिक स्रोत कसरी आएको छ भन्ने पनि बुझ्न जरूरी छ। के नेपालले त्यही स्तरको आर्थिक लगानी गर्न सक्छ ? भारतमा उदारीकरण आउनुअघी समाजबाद थियो तर आर्थिक बृध्दी थिएन, आर्थिक उदारीकरण पछि मात्रै उसले धेरै प्रगती गर्यो। त्यसैले समाजबादको माला जपेर केही हुंदैन , उदार पूजिबादले मात्रै समाजबाद को लागी लगानी गर्न सक्छ । जय पूंजिबाद !!
समाजवाद उन्मुख संविधान बनाएको राज्य, पार्टी र सरकारसँग नेपालको माटो बचाउने दूरदृष्टि र ढाँचा नै छैन न त माटो मार्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था । आवधिक योजना, नीति र बजेटमा समेत यी कार्य गर्ने कुनै प्रस्ताव नगरिनुले यस्तो संवेदनशील प्रश्नमा यी कोही पनि गम्भीर नभएको प्रष्ट हुन्छ ।