राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेस सांसद पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सरकारलाई जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रध्याक्ष र सरकार प्रमुखले विदेश भ्रमण गरेपछि संसदलाई जानकारी गराउने परम्परा अन्त्य नगर्न ध्यानाकर्षण गराए।
उनले भने, ‘अहिले राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारत भ्रमण सकेर स्वदेश फर्कनुभो। उहाँ फर्किएपछि संसदको बैठक ६ पटक बसिसक्यो। तर, यी दुवै भ्रमणको बारेमा संसदलाई जानकारी गराइएको छैन। राष्ट्रध्याक्ष र सरकार प्रमुखले गर्ने सन्दर्भमा संसदलाई जानकारी गराउने परम्परा अन्त्य नगरियोस्।
उनले अपांग, वृद्धवृद्धाहरु घरघरमै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराए।
उनले भने, ‘साउन मसान्तसम्ममा मात्रै राष्ट्रिय परिचयपत्र दिने सूचना निकालेको छ। अहिले अपांग, वृद्धवृद्धाहरु सिडिओ कार्यालय पुग्नुभएको छ। गृहमन्त्रालाई अनुरोध गर्छु समस्या भएकाहरुलाई घरघरमै परिचयपत्र दिने व्यवस्था गर्न माग गर्छु।’