सरकारमा रहेकाहरुकै कारणले संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो: सांसद पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार रहेकाहरुको कारणले व्यवस्था र संघीयतामाथि प्रश्न उठेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेटले कानूनी मर्यादा र मापदण्ड उल्लंघन गर्ने प्रतिस्पर्धा गरिरहेको देखिएको बताए।
उनले भने, ‘यो भन्दा अगाडि तीन क्षेत्रमा बजेट गयो भनेर संसदमा हंगामा भएको थियो। त्यसबाट केही सिक्नुपर्नेमा अहिले त्यो भन्दा बढी निर्वाचन क्षेत्र केन्द्रित बजेट हालिएको छ।
यो बजेटले आर्थिक अनुशासनलाई समेत पालना नगरेको बताए। मन्त्री र सरकारमा रहेकाहरुकै कारणले व्यवस्था र संघीयतामाथि सबैभन्दा धेरै टिकाटिप्पणी भएको उनको भनाइ छ।