रविलाई कांग्रेसकाे चुनाैती- लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरेर अख्तियारलाई पत्र लेख्ने आँट छ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे ।
सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए ।
उनको भनाइ जस्ताको तस्तै
न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको प्रभावमा कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्ने लेखिएको भन्ने लागेको थियो, तर सय दिनमा कुनै कारबाहीको प्रक्रिया सुरु भएको देखिएन । बरु गृहमन्त्री नै भ्रष्टाचारको अभियोगमा चर्चित हुनुभयो ।
त्यो छानबिन हुँदैन । हाम्रा पार्टीका नेताहरुले पनि भन्नुभएको तपाईं साँच्चै भ्रष्टाचारको विरोधमा काम गर्न चाहने हो भने म चुनौती दिएर भन्न चाहन्छु, २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोग, जसले ४१ हजारभन्दा धेरै व्यक्तिको, तपाईंलाई गाह्रो हुन्छ । तपाईं जुन गठबन्धनमा हुनुहुन्छ, तिनीहरुको पनि त्यतिकै छ, अर्कोथरिको त आँट होला तपाईंको । तपाईंलाई आँट छैन । त्यो प्रतिवेदन सार्वजनिक गर्नुस् र अख्तियारलाई लेखेर पठाइदिनुस् ।
२०५८ सालपछिका पुरानो सबै गर्ने भन्ने तपाईंको संकल्प छ, त्यो संकल्प सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा एउटा भरपर्दो छानबिन समिति गठन गरौं, कांग्रेसले त मागेकै छ । किन आँट भएन ? तपाईंहरु सत्तामा बसेर फाइल खोल्दिम् भनेर धम्काउने ? तपाईंहरुसँग आँट भए सम्पूर्ण फाइल खोल्नुस्, भ्रष्टाचारको विरोधमा राष्ट्रिय अभियान बनाएर जाऔं । त्यो नै आजको आवश्यकता हो ।
लुटन नपाएर केसि बरबराए । तिम्रा दाइ प्रधानमन्त्री हुँदा चाहिँ के हेरेका थियौ ?