संगठन विभाग सचिव भन्छन्- विद्या भण्डारी एमालेको स्थायी अभिभावक, सदस्यता नवीकरण भएको छैन – Nepal Press

संगठन विभाग सचिव भन्छन्- विद्या भण्डारी एमालेको स्थायी अभिभावक, सदस्यता नवीकरण भएको छैन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउनसक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले केही प्रष्टीकरण दिएका छन् । भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भनेर मिडियाहरूले चासो दिएको विषयमा उनले सामाजिक सञ्जालमार्फत् ६ बुँदामा प्रष्ट्याएका हुन् ।

विद्या भण्डारी एमाले नेतृ भएर नै राष्ट्रपति बनेको र पदीय जिम्मेवारीले अलग रहनुपर्ने हुँदा पार्टीबाट अलग्गिएको उनको भनाइ छ । देश, जना र आफू विकास भएको राजनीतिक दल एमालेको स्थायी अभिभावक हुने अधिकार भण्डारीसँग सुरक्षित रहेको ढुंगेलले लेखेका छन् ।

‘उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवस्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिँ हामीलाई छ’, नेता ढुंगेलको भनाइ छ ।

पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य बनाइन नहुने भन्दै ढुंगेलले राजनीतिक सक्रियताको निर्णय गर्ने विषय भण्डारीको व्यक्तिगत विषय भएको उनले प्रष्ट्याएका छन् ।

ढुंगेलले थप लेखेका छन्, ‘हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छैन । यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता निसन्देह एमाले पार्टीमा नै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो । अनि के अनौठो भयो त !’


प्रतिक्रिया

2 thoughts on “संगठन विभाग सचिव भन्छन्- विद्या भण्डारी एमालेको स्थायी अभिभावक, सदस्यता नवीकरण भएको छैन

  1. राष्टपटी भइ सकेको ब्यक्ति कुनै पार्टी बिशेषको हुनुहुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर