चुच्चे नक्सामा समेटिएको क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै सांसद बडूले गरे रोष्ट्रममै मौनधारण – Nepal Press

चुच्चे नक्सामा समेटिएको क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै सांसद बडूले गरे रोष्ट्रममै मौनधारण

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा एक मिनेट मौनधारण गरेका हुन् ।

उनले आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको सुनाए ।

सांसद बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति जनाए ।

चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको उनले आरोप लगाए ।

उनले भने, ‘उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती एउटै पार्टीको हुनुहुन्छ । दुवै एउटै पार्टीको हुँदा सहज हुन्थ्यो । पार्टी फरक पर्दा फरक हुनसक्थ्यो । दार्चुलाबाट एमालेका शीर्ष नेताहरु पनि भेटेर भनेका छौं भन्थे, तर तीन जना बसेर के निर्णय भएको रहेछ भन्दा निर्णय त जिरो ! गायब छ । यो राष्ट्रिय महत्वको कुरा हो । अहिले पनि समय छ । यस्तो इस्युमा सबै उभिउmन् । एउटा सांसदको विषय नहोस् । यो पूर्वनिर्णय लत्याएर सुनुवाइ भएन, त्यसको विरुद्धमा जनताको कुरा नसुनेपछि म एक मिनेट मौनधारण गर्छु ।’


प्रतिक्रिया

One thought on “चुच्चे नक्सामा समेटिएको क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै सांसद बडूले गरे रोष्ट्रममै मौनधारण

  1. हेर यो नौटङ्कीको काम । काँग्रेस छँदा मौन अहिले नाटक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर