शिक्षामन्त्री सुमनाकाे १०० दिन, के-के काम गरिन् ? (भिडिओ/पूर्णपाठ) – Nepal Press

शिक्षामन्त्री सुमनाकाे १०० दिन, के-के काम गरिन् ? (भिडिओ/पूर्णपाठ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन् ।

आफ्नो कार्यकालको १०० दिनमा भएका काम र भावी योजनाका बारेमा जानकारी दिन मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफू अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताइन् ।

अहिलेसम्म ८ सय भन्दा बढी शिक्षकहरुले राजनीतिक आवद्धता त्यागेपनि चित्तबुझ्दो भने नरहेको उनले बताइन् । उनले यसलाई प्रभावकारी बनाउन निर्वाचन आयोगसंग तथ्याङ्क समेत माग गरेको धारणा राखिन् ।

भिडिओ

मन्त्री श्रेष्ठले काजमा गएका कर्मचारीको तथ्याङ्क नरहेको र पालीकामा समेत शिक्षकहरुलाई राखिएको अवस्थामा त्यसलाई व्यवस्थित पार्ने काम सुरु गरिसकेको जानकारी दिइन् । उनले शिक्षा सेवा नियमावली अन्तिम चरणमा पुगेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको समेत बताइन् ।

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनको अध्ययन गर्ने र सकारात्मक सुधारका सुझावहरुलाई ग्रहण गर्ने जिकिर गरिन् । विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनका लागि संसदीय समितिमार्फत पहल भइरहेको उनले बताइन् ।

पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर