युक्रेनले नेटोमा प्रवेश गर्न रुससँगको युद्धमा विजयी बन्नुपर्छ : अमेरिका – Nepal Press

युक्रेनले नेटोमा प्रवेश गर्न रुससँगको युद्धमा विजयी बन्नुपर्छ : अमेरिका

काठमाडौं । युक्रेनले नेटोको सदस्य बन्न रुसलाई युद्धमा हराउनुपर्ने अमेरिकाले बताएको छ । अमेरिकी सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले सोमबारको पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार किर्बीले युक्रेनको भविष्य नेटोमै भएको बताएका हुन् । नेटो सदस्य बन्ने बाटोमा युक्रेन गएको भन्दै पुटिनले युक्रेनमा हमला गरेको बताउँदै आएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई नेटो सदस्य बनाउन पटकपटक आग्रह गरिरहेका छन् ।

नेटो सदस्य नबनाए पनि कि इजरायललाई जस्तो नेटो सदस्य नहुँदा पनि सहयोग गर्न अथवा नेटोको समूहबाट नमिले दुई देशको सम्झौताबाट पनि युक्रेनलाई समर्थन गर्न जेलेन्स्कीले आग्रह गर्दै आएका छन् । युक्रेनलार्य सैन्य र आर्थिक सहायता माग्दै उनले त्यो पनि दिन नसके ऋण दिन आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर