कांग्रेसबाटै निर्वाचित अध्यक्ष-उपाध्यक्षमाथि भ्रष्टाचार आरोप लगाउँदै बैजनाथ गाउँपालिकामा तरुण दलकै तालाबन्दी – Nepal Press

कांग्रेसबाटै निर्वाचित अध्यक्ष-उपाध्यक्षमाथि भ्रष्टाचार आरोप लगाउँदै बैजनाथ गाउँपालिकामा तरुण दलकै तालाबन्दी

रुपन्देही । नेपाली कांग्रेसबाटै अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको बाँकेको बैजनाथ गाउँपालिकामा नेपाल तरुण दलको एक समूहले भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेको जनाएको छ ।

तरुण दलका पालिका उपसभापति टेकबहादुर रोकायको नेतृत्वमा गएको टोलीले पालिकामा भएको भ्रष्टाचार र अनियमितताको विरोध गर्दै तालाबन्दी गरेको जनाएका छन् । तर पालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पालिकामा कसैले तालाबन्दी नगरेको तर दिउँसो रोकायको नेतृत्वमा एक टोलीले ज्ञापन पत्र बुझाएर फर्केको बताए ।

‘हामीहरु दिनभर कार्यालयमै बसेर फर्केका हौं, असन्तुष्ट विषय राखेर गएको हो, त्यसैमा पनि तरुण दलको सभापति नभएर उपसभापतिको नेतृत्वमा टोली आएको थियो, सभापति पवन पुनमगरले यो विषयमा जानकारी नभएको जनाएका छन्’, उनले भने ।

त्यो पालिकाका अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको भातृसंगठन रहेको तरण दलको गाउँ कार्यसमितिले पालिकामा तालाबन्दी गर्दै कर्मचारीको मिलेमतोमा कानुन विपरीत बाँडेका कोटेशनहरु खारेजीको माग गरेको छ ।

उपसभापति टेकबहादुर रोकायाले नियम विपरीत बाँडिएका डिपिआर खारेज गर्नुपर्ने, विभिन्न योजना निर्माण गर्दा कमिसन माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने किसानसँग पालिका प्रमुख कार्यक्रममा कृषि औजार खरीद गर्दा भ्रष्टाचार गरेको हुदा सो सम्बन्धमा तत्काल छानबिन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको जनाएका छन् ।

उनले नेपाली जनताको आम सरोकारका विषय एवं समाजमा गरेका विसङ्गति, भ्रष्टाचार र अनियमितताको विरुद्धमा अग्रपंतिमा रहेर खवरदारी गर्दै आइरहेको वैजनाथ गाउँपालिकामा पनि त्यो समस्या देखिएकाले खबरदारी गरेको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर