कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता – Nepal Press

कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहनुभएका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङबीच शिष्टाचार भेट भएको हो । भेटको अवसरमा मन्त्री गिरीले न्यायाधिश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे ।

उनले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गरे ।

साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।

भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधीशले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर