रुस र उत्तर कोरियाले रणनीतिक साझेदारीको सन्धि गर्ने – Nepal Press

रुस र उत्तर कोरियाले रणनीतिक साझेदारीको सन्धि गर्ने

काठमाडाैं । रुस र उत्तर कोरियाले रणनीतिक साझेदारीको सन्धि गर्ने भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार आज उत्तर कोरियालको राजकीय भ्रमणमा पुगेका रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र उनका उत्तर कोरियाली समकक्षी किम जोङ उनले सन्धिमा हस्ताक्षर गर्ने भएका हुन् ।

सन्धिको मस्यौदा पुटिनले अनुमोदन गरिसकेको आरटीले उल्लेख गरेको छ । दुई दिने राजकीय भ्रमणमा आज उत्तर कोरिया पुग्ने पुटिनले सुरक्षा, अर्थतन्त्र र विश्व मुद्दामा छलफल तथा सहमति गर्ने बताइएको छ ।

पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभका अनुसार रुस र उत्तर कोरियाको रणनीतिक साझेदारी सन्धि ‘कुनै तेस्रो देश लक्षित’ हुने छैन । २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा पुगेका पुटिनले भ्रमण अगाडि उत्तर कोरियाली अखबार रोदोङ सिनमुनमा आलेख लेखेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर