हेटौंडामा मिस्टर एन्ड मिस ट्यालेन्ट नेपाल सम्पन्न – Nepal Press

हेटौंडामा मिस्टर एन्ड मिस ट्यालेन्ट नेपाल सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडामा मिस्टर एन्ड मिस ट्यालेन्ट नेपालको दोस्रो सिजन सम्पन्न भएको छ । अमिर कला केन्द्रको आयोजना भएको प्रतियोगितामा विद्यालय तहका बालबालिकाहरु सहभागी भएका थिए ।

प्रतियोगितामा ब्वाइजतर्फ तुलसी मेहर मेमोरियल स्कुलका दिवस गौली प्रथम हुँदा नवोदय शिशु सदनका अर्नुज दवाडीले फस्ट रनरअप जित्दा सोलिड्यायरेटी इन्टरनेशनलका आरुश केसिले सेकेन्ड रनरअपको उपाधि जिते ।

गर्ल जुनियर तर्फ नवोदय शिशु सदनकी प्रेसा प्रधानले उपाधि जित्दा फस्ट रनरअप नवोदयकै प्रनिसा उप्रेती र सेकेन्ड रनरअप सोलिड्यायरेटीकी दृष्टी थिङ लामा भइन् ।

गर्ल्स सिनियर तर्फ सोलिड्यायरिटिकी आभा पाण्डेले उपाधि जित्दा सोलिड्यायरिटिकै सहिसा मानन्धर फस्ट रनरअप र दिव्यज्याेति बोर्डिङ स्कुलकी ज्योती प्रजाले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

कार्यक्रममा नायक सविन श्रेष्ठ, कलाकार नानिकाजी डङ्गोल, पल्पसा डङ्गोल र सौगात कर्नजितले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा अमिर बज्राचार्यले प्रोगाम अर्गनाइजरको भुमिका निर्वहा गर्दा भुवन भट्टराइले इभेन्ट म्यानेजमेन्ट र प्रकृति चौधरी, सुष्मिता राजभण्डारी तथा अलिना घिसिङले कोरियोग्राफर गरेका थिए ।

प्रतियोगिताको फाइनलमा चर्चित गायक धिरज राई र कमेडियन गोपाल ढकालले प्रस्तुति दिएका थिए । प्रतियोगीताले बालबालिकाको ट्यालेन्ट प्रस्फुटन हुने भएकोले आफूहरुले कार्यक्रमको आयोजना गरेको आयोजक अमिर बज्राचार्यले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर