खेलकुदमन्त्री श्रेष्ठसँग कप्तान चेम्जोङको भेट – Nepal Press

खेलकुदमन्त्री श्रेष्ठसँग कप्तान चेम्जोङको भेट

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) सँग कार्यकक्षमा भेटेका छन् ।

मंगलबार भएको भेटमा नेपालको लागि १०० औं खेल खेल्ने पहिलो खेलाडी बनेका किरणलाई यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिए । भेटमा कप्तान किरणले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

साथै किरणले खेल करियर पश्चात पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बन्नु पर्ने कुरामा पनि जोड दिए । मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए । लामो खेल करियरमा पहिलो पटक मन्त्रीसँग भेटेर आनो कुरा राख्न पाएकोमा किरणले खुशी ब्यक्त ग्रदै धन्यवाद पनि दिए ।

साउदी अरबको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर खेल्दा उनी एक सयौं खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *