तारकेश्वर गाउँपालिका भित्र बेथिति बढेको भन्दै एमाले र माओवादीले अध्यक्षलाई बुझाए ज्ञापनपत्र – Nepal Press

तारकेश्वर गाउँपालिका भित्र बेथिति बढेको भन्दै एमाले र माओवादीले अध्यक्षलाई बुझाए ज्ञापनपत्र

नुवाकोट । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष शिव अधिकारीले एकलौटी मनोमानी ढंगले पालिका चलाएको आर्थिक अनियमितता बढेको भन्दै एमाले र माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ ।

मंगलबार गाउँपालिका कार्यालय दानसिंह पुगेका एमाले र माओवादीका नेताहरुले अध्यक्ष अधिकारीलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

एमाले तारकेश्वर गाउँ पार्टी कमिटीका कार्यवाहक अध्यक्ष टेकबहादुर तामाङ र माओवादी केन्द्र तारकेश्वर गाउँ पार्टी कमिटी अध्यक्ष सोमबहादुर तामाङको नेतृत्वमा नेता कार्यकर्ताहरुको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको एमाले नेता रमेश बस्तीले बताए ।

सो पालिकामा गठबन्धनमा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष हरी रिमालले पनि अध्यक्षले गरेको वेतिथिको अगाडि टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए ।

२०८०÷०८१ मा गाउँपालिकाको सवारी मर्मत खर्च १९ लाख भएको, इन्धन खर्चबापत २३ लाख खर्च भन्दै एमाले र माओवादीले गाउँपालिकामा आर्थिक वेतिथि बढेको आरोप लगाएका छन् ।

अध्यक्ष अधिकारीको नाम लिँदै उनी निकट एक कांग्रेस कार्यकर्ताले गुठीको जग्गामा व्यक्तिगत संरचना बनेको र सो मिलाईदिने भन्दै तिन जनासंग जनही एक लाखको दरले बुझाएको अडियो सार्वजनिक भएको थियो ।

त्यस्तै गाउँपालिकाले नयाँ बजेट बनाउँदा एमालेबाट निर्वाचित भएको वडामा वडा संचालन खर्च आन्तरीक श्रोतबाट राखीएको र कांग्रेसबाट निर्वाचित वडाहरुमा संघ तथा प्रदेश सरकारको श्रोतबाट राखिएको प्रति एमाओका वडाध्यक्षहरुको विरोध जनाएका छन् ।

तारकेश्वर गाउँपालिकामा एमालेबाट २, ४ र ६ नं. वडामा क्रमसः शिव पनेरु, हरी पौडेल र नारायण रिमाल निर्वाचित भएका हुन् । कांग्रेस माओवादी गठबन्धनबाट अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरी रिमाल निर्वाचित भएका छन् । गठबन्धबाट जितेका उपाध्यक्ष् नै अध्यक्षले दुख दिएको वेतिथि निम्त्याएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर