पोर्चुगलका डिफेन्डर पेपे बने युरोकप खेल्ने सर्वाधिक पाको खेलाडी – Nepal Press

पोर्चुगलका डिफेन्डर पेपे बने युरोकप खेल्ने सर्वाधिक पाको खेलाडी

काठमाडौं। पोर्चुगलका डिफेन्डर पेपे युरो कप खेल्ने सबैभन्दा पाको खेलाडी बनेका छ्न् ।

डिफेन्डर पेपे मंगलबार आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २-१ ले हराउदा मैदानमा थिए । यहि खेलबाट उनि युरोकप खेल्ने सबैभन्दा पाको खेलाडीको रुपमा रेकर्ड राख्न सफल बने ।

४१ वर्ष ११३ दिनको दिन पेपेले युरोकप मा आफ्नो टिमलाइ जिताउन सक्दो योगदान दिएका थिए । यस अघि यो रेकर्ड हंगेरीका गोलकिपर गाबोर किरालीमा थियो ।

उनी युरो २०१६ को राउण्ड अफ १६ मा बेल्जियमविरुद्ध खेल्दा ४० वर्ष ८६ दिनका थिए। ब्राजिलमा जन्मेका पेपेले २४ वर्षको उमेरमा नोभेम्बर २००७ मा ब्राजिलकै प्रशिक्षक लुइज फिलिप स्कोलारीको नेतृत्वमा पोर्चुगलमा डेब्यु गरेका थिए ।

उनले पोर्चुगलका लागि १३८ खेल खेलेका छन्, आठ गोल गरेका छन्, २५ पहेंलो कार्ड पाएका छन्। उनी सर्वाधिक पहेलो कार्ड पाउने डिफेन्डरको रुपमा चिनिने गरेका छ्न । उनको एउटा रातो कार्ड पोर्चुगलले सन् २०१४ को विश्वकपमा जर्मनीविरुद्धको उद्घाटन खेलमा पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *