अमेरिकी भाषाविद् तथा वामपन्थी प्रिय दार्शनिक नोम चोम्स्की जीवित हुँदै मृत्यु भनेपछि… – Nepal Press

अमेरिकी भाषाविद् तथा वामपन्थी प्रिय दार्शनिक नोम चोम्स्की जीवित हुँदै मृत्यु भनेपछि…

काठमाडौँ । अमेरिकी प्राध्यापक, भाषाविद् तथा वामपन्थी दार्शनिक नोम चोम्स्की जीवित हुँदै मृत्यु भएको खबर फैलिएको छ ।

उनको मृत्यु नभएको भन्दै उनकी पत्नी वालेरिया वासेरमनले सार्वजनिक जानकारी नै दिनुपर्यो । अमेरिकी सरकारी समाचार एजेन्सी एपीले समाचार बनाएर मृत्युको खण्डन गरेपछि मात्रै मृत्युको खबर औपचारिक रुपमा मिथ्या भएको पुष्टि भएको हो ।

अझ रोचक कुरा चै नोम चोम्स्कीको मृत्युको खबर लेख्ने तिनै मिडिया आउटलेटहरु थिए जुन मिडिया आउटलेटहरुमा चोम्स्कीको लेख आउँथे । अन्तरवार्ता आउँथे ।

आफूले लेख लेख्दै आएको मिडिया आउटलेट ज्याकोबिनले उनको मृत्युको हेडलाइन बनायो, ‘हामी नोम चोम्स्कीलाई सम्झन्छौँ ।’ मृत्युको खबर मिथ्या प्रमाणित भएपनि उसले हेडलाइन सच्याएर लेख्यो, ‘नोम चोम्स्कीको उत्सव मनाऔँ ।’

यस्तै नोम चोम्स्कीको अन्तरवार्ता प्रकाशन गर्ने आउटलेट न्यू स्टेट्सम्यानले भने समाचार हटाएको दि भर्ज डटकमले उल्लेख गरेको छ । ९५ वर्षका चोम्स्की अहिले ब्राजिलमा छन् ।

ब्राजिलमा भएका उनको मृत्यु नभएको पहिलो चरणमा जानकारी दिनेमा ब्राजिलका पत्रकार काउए सेग्नर आमेनी पनि हुन् । उनले अमेरिकी मिडिया एबीसीसँग कुरा गरेर आफूले चोम्स्कीको श्रीमतीसँग कुरा गरेको र चोम्स्की सकुशल भएको बताएका थिए ।

एक वर्ष अगाडि भएको हृदयघातको कारण चोम्स्की ब्राजिलको अस्पतालमा उपचाररत थिए । त्यसैबेला उनको मृत्युको खबरले सनसनी मच्चाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर