संसद भवनमा प्रहरीका कमान्डाेले आफैँलाई हाने गोली
नेपाल प्रेस
२०८१ असार ५ गते ९:३८
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।
उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ । २२ वर्षीय प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानेको हाे ।
नेपाल प्रहरीकाे हेडक्वाटरबाट खटाइएकाे स्पेशल टाक्स फाेर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । साेही क्रममा उनले शाैचालयमा गएर आफूले बाेकेकाे पेस्ताेल आफूमाथि प्रहार गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर