दुग्ध किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हिरासतमै भेट्न पुगे एमाले प्रमुख सचेतक – Nepal Press

दुग्ध किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हिरासतमै भेट्न पुगे एमाले प्रमुख सचेतक

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेपछि नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पक्राउ परेका किसानहरूलाई भेटेर ऐक्यबद्धता जनाउँदै गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादतीले यो घटना भएको बताएका छन् ।

उनले भनेका छन्, ‘शान्तिपूर्ण ढंगले दूधको भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका दूध किसानहरूलाई यस प्रकारले गिरफ्तार गर्नु गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादती हो । मैले उहाँहरूलाई भर्खरै हिरासतमै पुगेर भेटेर फर्किएको छु । केही अमर्यादित व्यवहार समेत भएको पाइएको छ । यो दुःखद छ । यो आन्दोलन किसानहरूको रहर होइन बाध्यता हो ।’

बर्तौलाले किसानहरूलाई भुक्तानी गर्नुपर्ने दूधको मूल्य अविलम्ब भुक्तानीको सुनिश्चितताको वातावरण बनाउन र पक्राउ परेका किसानहरुलाई ससम्मान रिहाइ गर्न पनि माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर