रुसी राष्ट्रपति पुटिन प्योङयाङमा, किम जोङ उनले विमानस्थलमै आएर गरे स्वागत – Nepal Press

रुसी राष्ट्रपति पुटिन प्योङयाङमा, किम जोङ उनले विमानस्थलमै आएर गरे स्वागत

काठमाडौं । रुसी राष्ट्रपति उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । दुई दिने राजकीय भ्रमणमा पुगेका पुटिनलाई उत्तर कोरियाली समकक्षी किम जोङ उनले विमानस्थलमै आएर स्वागत गरेका छन् ।

दुई देशको सुरक्षा, पूर्वाधार, अर्थतन्त्र आदि समेटेर रणनीतिक साझेदारी हुने पनि बताइएको छ । पुटिनले रणनीतिक सन्धिको मस्यौदालाई रुसमै हुँदा अन्तिम रूप दिएका थिए ।

२४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् पुटिन । पुटिनलाई उत्तर कोरियाको किम इल सङ स्क्वायर उत्तर कोरियाली सैनिकहरूले परेड खेल्दै सलामी दिएका थिए ।

बुधवारको समारोहमा दुवै राष्ट्रपति सहभागी भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । पुटिन उत्तर कोरिया पुग्दा सडकमा पुटिनले तस्बिरले झकिझकाउ गरिएको थियो ।

पुटिनको राजकीय भ्रमणमा विदेशमन्त्री सेर्गी ल्याभ्रोब, प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभ, रक्षामन्त्री आन्द्रो बेलौसोभ, स्वाथ्यमन्त्री मिखाइल मुरास्को, यात्रायात्रमन्त्री रोमन स्तारोभोएत, रुसी रेलवे प्रमुख ओलेग बेलोसयोरोभ र रुसी अन्तरिक्ष कार्यक्रम प्रमुख युरी बोरिसोभ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर