पप गायनमा वर्षौंपछि सन्जीप प्रधानको पुनरागमन, ल्याए ‘रेल गुड्ने स्टिम इन्जिन’ – Nepal Press

पप गायनमा वर्षौंपछि सन्जीप प्रधानको पुनरागमन, ल्याए ‘रेल गुड्ने स्टिम इन्जिन’

काठमाडौं । कुनै समयका चर्चित पप  गायक सन्जीप प्रधानले लामाे अन्तरालपछि नयाँ गीत बजारमा ल्याएका छन् । थुप्रै हिट गीत गायका सन्जीपले ‘रेल गुड्ने स्टिम इन्जिन’ बोलको गीतको भिडिओबाट पप गायन क्षेत्रमा पुनरागमन गरेका हुन् ।

देउरालीको चौतारीमा, कसरी भनुँ म, भोलि फेरि सल्लाघारीमा, नशाभित्र नशा सरी तथा केही नेपाल भाषाका गरी सञ्जीपका दर्जनभन्दा बढी गीत हिट छन् । उनले आफ्नो नयाँ गीतमा दर्शकले साथ दिनेमा आशावादी रहेको बताए ।

हालै सार्वजनिक गीतको भिडिओमा गायक स्वयं र करिश्मा श्रेष्ठको मोडलिङ रहेको छ । गीतमा कबवेभ व्याण्डका दीपेश मुल्मीको एरेन्ज छ । काभ्रेको पनौतीका रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको भिडिओमा एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा नै भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले उतारेका छन् ।

म्युजिक भिडिओका निर्देशक आचार्यले सन्जीपको यो नयाँ भिडिओ पप जनरामा नै आधारित भएर निर्माण गरिएको बताएका छन् । जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

‘स्टिम इन्जिन’ गीतको म्युजिक भिडिओ गायक सन्जीपकै अफिसिल च्यानलबाट सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर