महिला प्रहरीको आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ – Nepal Press

महिला प्रहरीको आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारलाई आत्महत्या गर्न बाध्य पारेको खुलेको छ ।

सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान गर्दा मगरले आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सिरहा प्रहरीले उनलाई घरबाटै पक्राउ गरी ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको बताए । उनका अनुसार बाँकैको खजुरा गाउँपालिका ४ घर भएकी मृतक प्रहरी जवान सुनार अविवाहित थिइन् ।

गत जेष्ठ ३१ मा जिल्ला प्रहरी कार्यालयभित्र रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा सुनार मृत फेला परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर