जीप धुने क्रममा च्यापिएर एक जनाको मृत्यु, एक घाइते – Nepal Press

जीप धुने क्रममा च्यापिएर एक जनाको मृत्यु, एक घाइते

सुर्खेत । दैलेखमा जीप धुने क्रममा जीपले च्यापेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाबु गाउँपालिका ६ रानीवनमा धुने क्रममा सोही जीपले च्यापेर महाबु गाउँपालिका ६ का २५ वर्षीय चन्द्र काफ्लेको मृत्यु भएको हो । उनी जीपका चालक हुन् ।

भे १ च ३६०६ नम्बरको जीप सडकको उकालो ठाउँमा रोकेर धुने क्रममा आफै ब्याक भएको हो । दुर्घटनामा घाइते भएका दैलेख महाबु-६ का १६ वर्षीय विकास शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर