संसद भवनको शौचालयमा प्रहरी जवानको आत्महत्याबारे छानबिन गर्न सांसदहरूको माग – Nepal Press

संसद भवनको शौचालयमा प्रहरी जवानको आत्महत्याबारे छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आत्महत्या गरेको घटनामा सत्यतथ्य छानबिन गर्न सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको सांसद रेखा यादव र रोशन कार्कीले सभामुखमार्फत उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

सांसद यादवले प्रहरी जवानले आफैँमाथि गोली हानेर आत्महत्या गर्ने अवस्था आउनु दु:खद भएको बताइन् ।

उनले भनिन्, ‘सभामुख महोदय, इच्छा, आकाक्षा र सपना बोकेर देशको रक्षा गर्छु भन्ने बचनवद्ध भएका हाम्रा यूवा सुरक्षाकर्मीले आफैँमाथि गोली हानेर हत्या त्यो पनि हामी बैठक बसिरहेको सदनअगाडि नै सुनियो । यो किन भयो, कसले बाध्य बनायो र यस्तो अवस्था कसरी आयो ? सभामुखमार्फत गृहमन्त्रीलाई यसको छानबिन गरियोस् भनेर अनुरोध गर्दछु ।’

यस्तै राप्रपा सांसद रोशन कार्कीले भनिन्, ‘सभामुख महोदय, आज हामीलाई रक्षा गर्नका लागि संसद भवनको गेटमा खटिनुभएका दोलखाको मेलुङ गाँउपालिका घर भएका सशस्त्र प्रहरी जवान अजित गोलेले आफ्नो जिवन समाप्त गरिदिनुभयो । उहाँले किन आफ्नो जिवन समाप्त गर्नुभयो ? उहाँलाई के पुगेको थिएन ? कुन मनोविज्ञानले उहाँलाई त्रसित बनाएको थियो ? यस बारेमा म सभामुखमार्फत गृहमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । यसबारेमा राम्रोसँग अनुसन्धान होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर