टी-२० अलराउन्डरको विश्व वरियताको दीपेन्द्र छैटौँ नम्बरमा उक्लिए – Nepal Press

टी-२० अलराउन्डरको विश्व वरियताको दीपेन्द्र छैटौँ नम्बरमा उक्लिए

काठमाडौं। नेपालका दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौँ नम्बरमा उक्लिएका छन् । उनी तीन स्थानमाथि पुगेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ताजा वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर रजाभन्दा मात्र पछाडि छन् ।

टी-२० बलरको विश्व वरियतामा सोमपाल कामी ९ स्थानमाथि उक्लिएर ९१ औँ र २७ स्थान माथि उक्लिएर दीपेन्द्र ९६ औँ स्थानमा छन्।

यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।

दुई टेस्ट राष्ट्र बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो।

प्रतियोगितामा दीपेन्द्रले ३ खेलमा ३२ रन, रोहितले ३६ रन र आसिफले ६३ रन बनाएका थिए। बलिङतर्फ दीपेन्द्रले ६ विकेट र सोमपालले ३ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *