कवाड व्यवसायीद्वारा लगातार प्रदर्शन (भिडिओ) – Nepal Press

कवाड व्यवसायीद्वारा लगातार प्रदर्शन (भिडिओ)

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार उनीहरु काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । छोटे राजाहरुको आतंक बन्द गरौं, कवाड व्यवसायीहरुको रक्षा गरौं भन्ने व्यानरका साथ प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले आफूहरुको रोजीरोजी बन्द नगर्न माग गरेका थिए ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको र आफूहरुलाई महानगरबाट विस्थापित गर्न खोजिएको उनीहरुको गुनासो छ । यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर