एक अर्कालाई आक्रमण गर्दा सहयोग गर्ने रुस र उत्तर कोरियाबीच सम्झौता – Nepal Press

एक अर्कालाई आक्रमण गर्दा सहयोग गर्ने रुस र उत्तर कोरियाबीच सम्झौता

काठमाडौं । रुस र उत्तर कोरियाले सुरक्षा सम्झौता गरेका छन् । सम्झौता अनुसार कुनै एक देशमा आक्रमण भएमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

दुई देशबीचमा रणनीतिक साझेदारी सन्धि समाचारका बिच यस्तो समाचार बाहिरिएको हो । बीबीसीका अनुसार पुटिनको उत्तर कोरिया भ्रमणमा अवसरमा यस्तो सम्झौता भएको हो ।

यस्तै, उत्तर कोरियाली नेता किम जोङ उनले रुसले युक्रेनमा गरेको हमलाको औपचारिक समर्थन समेत गरेका छन् ।

२४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा पुगेका पुटिनले गरेको यो सम्झौतासँगै सोभियत संघ कालिन तहको नजिक नजिकको दुई देशको मित्रता पुगेको बताउन थालिएको छ ।

अमेरिकी नेतृत्वको पश्चिमा विश्वको सबैभन्दा धेरै नाकाबन्दी झेलेका दुई देशका राष्ट्रपतिको यो सम्झौतालाई त्यही कोणमा धेरैले हरिरहेका छन् ।

उत्तर कोरियाले युक्रेनी हमलामा गोलीगठ्ठा सहयोग गर्दै आएकोमा अब भने जनशक्ति नै सहयोग गर्ने बाटो खुलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर