सिद्धार्थ बैंकको हरेक डिजिटल कारोबारमा रिवार्ड प्वाइन्ट- के-के छन्, कसरी पाइन्छ ? (भिडिओ) – Nepal Press

सिद्धार्थ बैंकको हरेक डिजिटल कारोबारमा रिवार्ड प्वाइन्ट- के-के छन्, कसरी पाइन्छ ? (भिडिओ)

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रिवार्ड प्वाइन्ट अर्थात् क्वाइन प्राप्त गर्ने योजना ल्याएको छ । बुधबार बैंकले हरेक डिजिटल कारोबारमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’ प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअन्तर्गत बैंकको डिजिटल प्रणाली (डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ) मार्फत कारोबार गर्दा १ देखि ५०० सम्म रिवार्ड प्वाइन्ट प्रदान गरिनेछ । भने, प्राप्त भएका रिवार्ड प्वाइन्टहरूलाई ग्राहकहरूले भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । अर्थात् ग्राहकहरूले प्राप्त गरेका रिवार्ड प्वाइन्ट्सहरू प्लेन टिकट खरिद गर्न तथा सामान खरिद गर्दा क्याँस रूपैयाँ सरह प्रयोग गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा रिवार्ड प्वाइन्ट दिने उक्त रिवार्ड प्वाइन्टलाई भुक्तानी रूपमा प्रयोग गर्न सकिने नेपालको बैंकिङ क्षेत्रमा सिद्धार्थ बैंकले पहिलो योजना ल्याएको बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले बताए । सीईओ कँडेलका अनुसार बैंकिङ क्षेत्रमा ल्याइएको रिवार्ड प्वाइन्ट योजना पहिलो अभ्यास हो ।

उनले भने, ‘बैंकका लागि यो नयाँ सुरूवात भएको छ । दिगो विकासका लागि हामीले नयाँ प्रोडक्टहरू ल्याउँदै गरेका छौं । अत्यधिक रूपमा प्रयोग भइरहेको डिजिटल भुक्तानीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? हामीले त्यसलाई हेर्दै डिजिटल पेमेन्टका लागि रिवार्डको योजना ल्याएका हौं । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ ।’

डिजिटल प्रडक्टमा गरेको खर्चलाई बैंकले खर्चका रूपमा नभएर लगानीको रूपमा हेरेको सिद्धार्थ बैंकका डेपुटी सीईओ रामेश्वरप्रसाद बस्यालले बताए ।

डेपुटी सीईओ रामेश्वरप्रसाद बस्यालले भने, ‘बैंकले डिजिटल प्रडक्टमा गरेको खर्चलाई खर्च भनेको छैन । डिजिटल प्रडक्टमा गरिएको खर्चलाई हामीले लगानी भनेका छौँ र बुझेका छौं । ग्राहकहरूले जति कारोबार गर्छन् त्यति रिवर्ड प्वाइन्टहरू पाउनेछन् ।’

के हो ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट’ योजना ?

बैंकले ‘सिर्द्धार्थ रिवार्डस, यसमा प्वाइन्ट छ, अर्न रिडिम’ नामक थिमको नयाँ योजना ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन तथा ग्राहकहरुलाई सुविधा दिनका लागि सिद्धार्थ रिवार्ड प्वाइन्ट योजना ल्याएको हो ।

ग्राहकहरूले प्रत्येक कारोबारमा १ प्वाइन्टसदेखि ५०० सम्मको अधिक्ता प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी सुरेशराज महर्जनले बताए ।

महर्जनले भने, ‘प्रत्येक १०० रुपैयाँको कारोबारमा १ रिवार्ड प्वाइन्ट प्राप्त गर्नेछन् । जहाँ ५०० सम्मको रिवार्ड प्वाइन्टका लागि ५० हजार वा ५०० अमेरीकि डलरको कारोबार हुनुपर्ने जनाइएको छ । एक दिनमा एउटै प्रणालीबाट गरिएको कारोबारमा पहिलो दुई कारोबारलाई मात्रै रिवार्ड प्वाइन्ट दिइनेछ ।’

सिद्धार्थको रिवार्ड प्वाइन्टहरूको म्याद दुई वर्ष हुनेछ । अर्थात् ग्राहकहरूले प्राप्त गरेको रिवार्ड प्वाइन्ट्सहरू २ वर्षसम्म चलाउन सक्नेछन् । जहाँ ग्राहकहरूले प्राप्त गरेका रिवार्ड प्वाइन्टसहरू हवाई टिकटदेखि सामान खरिद गर्नसम्म प्रयोग गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको वेबसाइटमा गएर सिद्धार्थ रिवार्ड प्वाइन्ट्समा गएर थप जानकारी लिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर