‘वित्तीय सल्लाह’द्वारा ११५ जना सैनिकलाई आर्थिक साक्षरता प्रदान – Nepal Press

‘वित्तीय सल्लाह’द्वारा ११५ जना सैनिकलाई आर्थिक साक्षरता प्रदान

काठमाडौं । काठमाडौंमा आज ११५ जना सैनिकका लागि आर्थिक साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

‘वित्तीय सल्लाह’ले सिटिजन इन्टरनेसनल बैंक र एबीसी सेक्युरिटीको सहकार्यमा आयोजना गरेको सो कार्यक्रममा बचत, लगानी, बजेट, शेयर, डिम्याटलगायतका विषयमा जानकारी गराइएको थियो ।

बैंकिङ क्षेत्रका सबै सेवा-सुविधाका बारेमा जानकारी दिने तथा सही निर्णय लिन सघाउने डिजिटल प्लेटफर्मका रुपमा ‘वित्तीय सल्लाह’ स्थापना भएको हो । चार वर्षअगाडि खुलेको उक्त संस्थाले केही महिनादेखि सक्रियतापूर्वक विभिन्न क्षेत्रका सम्भावित सेवाग्राहीलाई अभिमुखीकरण गर्दै आएको छ ।

यस प्लेटफर्मबाट मुद्दती, क्रेडिट कार्डबारे सबै वर्गका बैंक तथा वित्तीय संस्थासम्बन्धी जानकारी लिन सकिन्छ । सेवाग्राहीलाई वित्तीय संस्थासँग जोड्न यस्तो अभिमुखीकरण कार्यक्रम फलदायी भइरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर