रोमान्चक खेलमा क्रोएसिया र अल्बानिया बराबरीमा रोकिए – Nepal Press

रोमान्चक खेलमा क्रोएसिया र अल्बानिया बराबरीमा रोकिए

हेटौंडा । इन्जुरी समयको पाँचौं मिनेटमा गोल खाएपछि क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ११ औं मिनेटमा लासीले गोल गर्दै अल्बानियालाई १–० को अग्रता दिलाए । क्वाजिम लासीले अल्बानियाका लागि जितको सुरुवात गरेको थियो । तर दोश्रो हाफको ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोयसियालाइ बराबरी गर्न सफल भए ।

बराबरी भएको २ मिनेटपछि क्रोयसियाले आत्मघाती गोल उपहार पायो र जित उन्मुख भयो । तर खेलको अन्त्यतिर लुका मोड्रिचले टोलीको अग्रता फराकिलो बनाउने अवसर पाएका थिए । तर इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए र टिमलाइ बराबरिमा ल्याए ।

बराबरीसँगै समूह बी क्रोएसिया १ अङ्कसहित पुछारमा रहेको छ । समान अङ्क भए पनि अल्बानिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । समूहमा स्पेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *