बागमतीको बजेटमाथि आजबाट छलफल हुँदै
हेटौँडा । गत असार १ गते प्रस्तुत गरिएको बजेटमाथि आजबाट बागमती प्रदेशसभामा छलफल हुने भएको छ ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आवको बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल प्रारम्भ हुनेछ ।
प्रदेश सरकारको विनियोजित बजेटमाथि असार ८ गते भित्रै छलफल सम्पन्न गरेर पारित गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।