ओलीलाई विश्वप्रकाशको चुनौती- कांग्रेसलाई आबेगले आरोप लगाउनुभयो, सके गिरीबन्धुको फाइल खोल्नुस् (भिडिओ) – Nepal Press

ओलीलाई विश्वप्रकाशको चुनौती- कांग्रेसलाई आबेगले आरोप लगाउनुभयो, सके गिरीबन्धुको फाइल खोल्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आवेगमा आरोप लगाएपछि कांग्रेसले विवेकले जवाफ दिएको उनले बताए ।

उनले भने, ‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले फेरि भन्नुभयो कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो उहाँको आवेगको कुरा हो । उहाँलाई म श्रद्धा गर्छु । तर, प्रश्न गर्ने कुरामा पछि हट्नि ? ०५२ सालमा एमालेकै सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने ०६० सालको सरकार सूर्यबहादुर थापाको भूमिसुधार मन्त्री कांग्रेस नहुने, ०७८ सालमा त केपी ओलीको सेट नै हुने । अनि गिरीबन्धुको विषयमा यही तीनवटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने ? आबेगले उहाँले उठाएको प्रश्नमा विवेकले जवाफ दिन कांग्रेस पछि पर्दैन ।’

उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेर पैसा खाएको देखाउन चुनौती दिए ।

उनले थपे, ‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन । तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर