नेपालको लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगमा भुटानको पारोसँग खेल्ने
नेपाल प्रेस
२०८१ असार ६ गते १३:४४
काठमाडौँ । पहिलो पटक आयोजना हुन लागेको एएफसी च्यालेन्ज लिगमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको पारोसँग खेल्ने भएको छ । प्रिलिमिनरी राउन्डमा चर्च ब्वाइजले पारोसँग खेल्ने भएको हो ।
यो खेल अगष्ट १३ मा हुने छ । विजेता समूहगत चरणमा पुग्ने छ । पारोलाई हराउन सके चर्च ब्वाइजले कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गर्ने छ ।
एसियाको तेस्रो श्रेणीको लिग फुटबल एएफसी च्यालेन्ज लिगको समूह चरणमा १८ टोली हुनेछन् । क्वाटर फाइनल र सेमिफाइनलका खेलहरू होम एन्ड अवे आधारमा सञ्चालन हुने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर