विश्वकपबारे रोहित भन्छन्- ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो – Nepal Press

विश्वकपबारे रोहित भन्छन्- ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताएका छन्।

प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुमा टोलीको एक्सपेरियन्सलाई दोष दिएनन्।

‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने।

नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर