मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त – Nepal Press

मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साह नियुक्त भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १ घर भएका  साहलाई मुख्यमन्त्री सतिश कुमार सिंहले आज आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनी आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले आयोगको उपाध्यक्षमा डा. नथुप्रसाद चौधरीलाई नियुक्त गरेका थिए । तर सरकार फेरिएसँगै उनलाई वर्तमान मुख्यमन्त्री सिंहले पदमुक्त गरेर डा. साहलाई आयोगमा भित्र्याएका हुन् ।

आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । आयोगको सदस्यमा डा. हरि शंकर प्रसाद साह, डा. शिला मिश्र, रामचन्द्र पण्डित र बज्रकिशोर यादव छन् ।

अहिले उपाध्यक्ष नियुक्त भएका डा. साह आयोगको सदस्यमा करिब तीन महिना काम गरेका छन् । अघिल्लो सरकारमा जनमत पार्टीको कोटाबाट उनी सदस्य नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर